Bhumisaugden
Our first steps tour and our frequently asked questions will help you a lot after registration. They explain how to customize the interface (for example the language), how to upload files and our basic licensing policy (Wikimedia Commons only accepts free content). You don't need technical skills in order to contribute here. Be bold when contributing and assume good faith when interacting with others. This is a wiki. More information is available at the community portal. You may ask questions at the help desk, village pump or on IRC channel #wikimedia-commons (webchat). You can also contact an administrator on their talk page. If you have a specific copyright question, ask at the copyright village pump. |
|
-- Wikimedia Commons Welcome (talk) 06:57, 24 August 2021 (UTC)
सेमुक्तु मुक्ति कोक्मा (शक्ति र वरदानको पर्वत)
editपृष्ठभूमिः
नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृतिका लागि एक सम्पन्न राष्ट्रको रूपमा विश्व माझ परिचित छ । नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने विभिन्न आदिमूलवासी जातिहरू मध्ये याक्थुङबा लिम्बू पनि एक हो । याक्थुङबा लिम्बू जातिको मौलिक संस्कार, संस्कृतिको संरक्षण, सम्बद्र्धन एवं विकासका लागि यस जातिले अक्षुण्ण रूपमा अनुसरण गरिल्याएका सनातनी (परापूर्वकालदेखि मानिल्याएका धर्म), संस्कृति र संस्कारहरू नै समग्रमा युमा धर्म हो । युमा धर्म मान्ने सम्पूर्ण याक्थुङ लिम्बूहरूको धर्म दर्शन अहिलेसम्म मौखिक परम्परा (यचब ितचबमष्तष्यल) मा आधारित साम्जिक मुन्धुम (आध्यात्मिक मुन्धुम) हो । साम्जिक मुन्धुमको शुरुवातमा नावा चइःत मुन्धुम (सृष्टि मुन्धुम) ताधक्मा (गायन) गरिन्छ ।
सृष्टि मुन्धुममा सम्पूर्ण ब्रम्हाण्ड, ग्रह, नक्षत्र, जूनघाम, तारामण्डल, अन्तरिक्ष, ईश्वर, देवीदेवता, भूतप्रेत, सोघा, सेसेन्तरदेखि पृथ्वी, पहाडपर्वत, डाँडाकाँडा, खोलानाला, नदीसमूद्र, वनस्पति, जीवजन्तु, चराचुरुङगी, किटपतंग र मानिस आदिको सृष्टि भएका वर्णनहरू समावेश छन् । उहिल्यैदेखि अविच्छिन्न रूपमा गाउँदैल्याइएको नावा चइःत मुन्धुममा वर्णन भए अनुसार डाँडाकाँडा, पहाडपर्वतहरुका नामहरू आजसम्म पनि जस्ताका तस्तै पुकार्ने गरिन्छन् ।
यहाँनेर मुन्धुममा उल्लेख हुने र हिजोआज खस भाषाबाट समेत चिनिने केही नामहरू यसप्रकार दिइएका छन् । जस्तै–ंफक्ताङलुङ (कुम्भकर्ण), सेसेलुङ (कन्चनजंघा), सेवालुङ (मानाभरा), सिदिङ कोक्मा (सिदिङबा डाँडा), मेन्छ्यायेम कोक्मा, (मेन्छ्यायेम डाँडा), इम्बिरी याङ्धाङवा (तमोर नदी) आदि । त्यसरी नै फेदाङमा, साम्बा, येबा–येमाहरू (पेगि फाङसाम)द्वारा मौलिक मुन्धुम ताधक्मा (विधिपूर्वक गायन) गर्दा प्रसङ्गवश पाथिभरा स्थापित सिङ्गो पहाडको प्राचिन नाम सेमुक्तु मुक्ति कोक्मा भनी पुकारिने गरिन्छ ।
याक्थुङ जातिले अनादिकालदेखि अभ्यास गरेको आध्यात्मिक ज्ञान साम्जिक मुन्म्धुम, त्यसबाट निर्देशित धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, आस्था, विश्वास, मूल्य–मान्यताहरू याक्थुङ जातिसँग सम्बन्धित अमूल्य सम्पदाहरू हुन् । याक्थुङ जातिका धार्मिक पुजारीपुरोहितहरू पेगिफाङसाम (फेदाङमा, साम्बा, येबा÷येमा, सिङसाङगे फेरेङगे, युमासामहरू) आदिले अविच्छिन्न रूपमा गाउँदै सिकाउँदै पुस्ता हस्तान्तरण गरेको साम्जिक मुन्धुममा वर्णन गरिएका डाँडापाखा, खोलानाला, पहाडपर्वतहरूका नामहरू आजपर्यन्त जस्ताको त्यस्तै पुकार्ने गरिन्छ ।
सर्वप्रथम फक्ताङलुङ पेम्बेनलुङ पर्वत (कुम्भकर्ण) मा युमा माङको अवतरण भएपछि वहाँले विभिन्न स्थानहरूको भ्रमण गर्नुभयो । फक्ताङलुङ पेम्बेनलुङ पर्वतमा युमा माङको अवतरण भएपछि त्यहाँदेखि क्रमशः इसाङलुङ (फालेलुङ), केहुक्सो काङवामा, पोरोक्लुङ यभत्लुङ फावामा हुँदै सेमुक्तु मुक्ति कोक्मामा आवागमन भएको वर्णन मौलिक याक्थुङ मुन्धुमहरूमा पाइन्छ । युमा (इष्टदेवी, आराध्यदेवी) ले भ्रमण गरेका, खेलेका डुलेका स्थानहरू मध्ये तेस्रो महत्वपूर्ण स्थानका रूपमा सेमुक्तु मुक्ति कोक्मालाई मानिन्छ । — Preceding unsigned comment was added by 27.34.104.34 (talk) 07:37, 24 August 2021 (UTC)